फेरियो एमालेको मेयर उम्मेदवार, पौडेलको सट्टा थापालाइ टिकट
काठमाडाैं | बैशाख १२, २०७९
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार फेरबदल गरेको छ ।
यसअघि उक्त पदका लागि दीपक पौडेल सिफारिस भएका थिए । सामाजिक सञ्जालमा सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पौडेलको सट्टा कृष्ण थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । भाइरल भिडियोमा सुन पसलमा एक व्यक्तिले चोरी गरेको देखिन्छ । भिडियोमा चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ ।
विभिन्न टिप्पणी हुदै आएपनि पौडेलले भने भिडियोमा देखिने व्यक्ति आफू नभएको भन्दै स्पष्टोक्ति दिदै आएका थिए । चोरी केसमा संलग्न व्यक्तिलाई मयेरको टिकट दिइएको भन्दै एक पक्षले असन्तुष्टी पोख्दै आएको थियो । अहिले टिकट पाएका कृष्ण थापा यसअघि २०५४ को निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।
उनी गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य हुन् । यता उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै यथावत रहेको एमाले कास्कीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

